ताजा अपडेट: जित नजिक बाइडेन, ट्रम्प धेरै पछाडी
एजेन्सी- अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्प र जो बाइडेनबीच कडा टक्कर देखिने आंकलन गरी पनि केहि स्थानको मत नगन्दै बाइडेन जीत नजिक पुगेका छन्।
द एसोसियट प्रेसका अनुसार समाचार तयार पार्दासम्म बाइडेनले २ सय ६४ इलेक्ट्रोरल मत प्राप्त गरेका छन् भने ट्रम्पले २ सय १४ इलेक्ट्रोरल मत पाएका छन् ।
हालसम्म बाइडेनले ५०.३ प्रतिशत र ट्रम्पले ४८.१ प्रतिशत मत पाएका छन् ।
निर्वाचनमा जीत हात पार्नका लागि कुल ५ सय ३८ मध्ये स्पष्ट २ सय ७० इलेक्ट्रोरल मत आवश्यक हुन्छ ।
हालसम्म अधिकांश राज्यको मतगणनाको परिणाम आइसकेको छ । दुवै उम्मेदवारले आफ्नो जीत सुनिश्चित भएको दावी गर्दै आइरहेका छन् ।