पार्टी फुट्न नदिन गृहमन्त्री बादलका चार प्रस्ताव - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

पार्टी फुट्न नदिन गृहमन्त्री बादलका चार प्रस्ताव



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद चुलिएपछि सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ विवाद मिलाउन वालुवाटार खुमलटार दौडधुप शुरु गरेका छन्। आइतबार साँझ उनले विवाद सुल्झाउने प्रयास गरेका छन्।

उनले दुवै अध्यक्षलाई भेटेर दुई वटा समूह बनाएर पार्टी अलग गराउने विषयमा छलफल नगर्न दुवै अध्यक्षलाई आग्रह गरेका छन्। आइतबार साँझ दुवै अध्यक्षलाई भेटेर उनले चार वटा प्रस्ताव राख्दै वालुवाटार र खुमलटारमा गुटको भेला नगर्न र पार्टी फुटाउने हल्ला नगर्न आग्रह गरेका हुन्।

आइतबार साँझ वालुवाटार र खुमलटार पुगेर उनले दुवै अध्यक्षलाई चार वटा प्रस्ताव राखेका छन्। स्थायी कमिटी बैठकको निर्णय अक्षरस पालाना गर्नुपर्ने, दुवै अध्यक्षले गुटगत भेला रोक्नु पर्ने, स्थायी कमिटीको निर्णय पालाना गर्ने भन्दा उल्लंघन गर्ने परिपाटी रोक्नु पर्ने, निर्णय कार्यान्वयनमा दुवै अध्यक्षको दायित्व पूरा गर्नु तथा सचिवालय बैठक, स्थायी कमिटी र केन्द्रीय कमिटी जस्ता बैठकबाट विवाद निरुपण गर्नु प्रस्ताव राखेका छन्।

आइतबार विहान खुमलटार भेलामा पुगेका गृहमन्त्री थापाले त्यहाँ पनि पार्टी एकताको पक्षमा आफ्नो धारणा राखेका थिए। उनले पार्टी एकतालाई बचाएर लैजानु पर्ने भन्दै शीर्ष नेताहरुलाई संयम अपनाएर जान आग्रह गरेका थिए।