प्रचण्ड एकाएक बालुवाटार पुगे
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेका बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकाएक बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेको बताइएको छ ।
ओलीको कार्यशैलीसँग असन्तुष्ट रहेको दाहाल दुई सातादेखि बालुवाटार पुगेका थिएनन् । उनी केहीबेरअघि बालुवाटार पुगेको स्रोतले बताएको छ ।