आरोपी पूर्वसभासद् राजकुमार गुप्ता फरार - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

आरोपी पूर्वसभासद् राजकुमार गुप्ता फरार



वीरगंज- नेकपा नेता मुकेश चौरसियामाथि भएको सांघातिक आक्रमणपछि उनको मृत्यु भएपछि सत्तारुढ दलभित्रै अनेक घटनाक्रम विकशित भएका छन् । पर्सा क्षेत्र नं ३ का पूर्वसभासद राजकुमार गुप्ताकै प्लानमा उनीमाथि आक्रमण भएको किटानी जाहेरी दिएपछि गुप्ता एकाएक फरार भएका छन् ।

उनीविरुद्ध किटानी जाहेरी परिसकेपछि गुप्ता फरार भएका छन् । उनले आफू दोषी ठहर भए कारबाही भोग्ने बताएका छन् तर किटानी जाहेरी दिनेबित्तिकै फरार भएपछि घटना झन् रहस्यमय बनेको छ ।

पर्सा, विन्दवासिनी गाउँपालिका वडा नं २ बहुअर्वाभाठा बस्ने ४० वर्षीय नेता मुकेश चौरसियाको घटनामा आफु अनुसन्धानबाट दोषी भेटिए कानुन बमोजिम कारवाही भोग्न तयार रहेको उनले बताएका छन् ।

घटनामा उनीसहित १२ जना नेता कार्यकर्ताविरुद्ध किटानी जोहरी परेसँगै अहिले पर्सामा उनीसहित अन्य कार्यकर्ता पनि फरार भएका छन्।

अझ रोचक त के छ भने गुप्ता वीरगंजबाट काठमाडौं प्रस्थान गरेको त्यहाँका नेकपाकै नेताहरूले बताएका छन् । उनले मुकेश चौरसियाको घटनामा आफनो संलग्नता नरहेको दाबीसमेत गर्दै आइरहेका छन्।

यता, कातिक ६ गते पर्साको विन्दावासनि गापा ५ प्रसौनीमा भएको सपथग्रहण कार्यक्रममा झडपमा परी गम्भीर घाइते भई उपचारको क्रममा मृत्युवरण गरेका मुकेशको घरपरिवारले उनकै योजनामा सो घटना भएको र लाठीभाटा हान्ने देवा सहनी र हनिफ मिया गुप्ताकै वीरगंज श्रीपुरस्थित निवासबाट पक्राउ परेको हुदाँ उनको संलग्नता हुने दावी गर्दै आएका छन्।

पूर्ब सभासद गूप्तासहित १२ जनाको नाम किटानी जाहेरीमा समावेश गरी पर्सा प्रहरीमा कातिक ७ गते दर्ता गराउन जाँदा प्रहरीले जाहेरी दर्ता गर्न मानेको थिएन।

जिल्ला प्रशासन कार्याल्य पर्सामा पनि ज्ञापनपत्र बुझाएर जाहेरी दर्ता गराउन खोज्दा नभएकोपछि जिल्ला सरकारी वकिलको कार्यालय मार्फत सुनवाई गराएर बिहीवार जोहरी दर्ता भएको छ।

त्यसपछि प्रहरीले अनुसन्धान अघि बढाएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकराी गराएकी छन्।