कांग्रेस केन्द्रीय समिति बैठक कात्तिक २१ गते बोलाइयो
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
कात्तिक २१ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समितिको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएको हो ।