भारतमा एकाएक कसरी घट्यो संक्रमण ?
एजेन्सी- भारतमा लगातार चौथों दिन बुधबार पनि नयाँ काेराेना संक्रमित ५० हजारभन्दा कम थपिए ।
केही दिनयता भारतमा संक्रमित थपिने क्रम निरन्तर घटेको छ । संक्रमित थपिनेभन्दा निको हुने बढ्दै गएका छन् ।
यही अनुपमातमा संक्रमित कम र निको हुने धेरै भए बिहीबार सक्रिय संक्रमितको संख्या ६ लाखभन्दा कम हुने अनुमान गरिएको छ ।
बुधबार ४९ हजार ६ सय ६० नयाँ संक्रमित थपिँदा ५७ हजार पाँच सय ६ जना निको भएर डिस्चार्ज भएका छन् ।
संक्रिय संक्रमितको संख्या लगातार २६ दिनदेखि घटिरहेको भारतीय संचारमाध्यमले जनाएकाे छ । बुधबार सक्रिय संक्रमितको संख्या ६ लाख पाँच हजार नौ सय ४३ थियो ।
भारतमा हालसम्म ८० लाख ३९ हजारजना संक्रमित भइसकेका छन् । त्यसमध्ये ७२ लाख ९२ हजार एक सय ५६ जना निको भइसकेका छन् ।
संक्रमणबाट हालसम्म एक लाख २० हजार तीन सय १२ जनाको निधन भएकाे समाचारमा जनाइएकाे छ ।