नेपालगञ्जका ठुला ब्यापारी जुवाको खालबाट पक्राउ: साढे २९ लाख बरामद - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

नेपालगञ्जका ठुला ब्यापारी जुवाको खालबाट पक्राउ: साढे २९ लाख बरामद



नेपालगन्ज । नेपालगञ्ज र कोहलपुरका व्यवसायीहरु जुवाको खालबाट पक्राउ परेका छन् ।

२९ लाख ४८ हजार नगदसहित १० जना जुवाडे पक्राउ परेका हुन् । जुवा खेलिरहेको स्थानमा छापा मारेर प्रहरीले जुवाडेहरुलाई पक्राउ गरेको जनाइएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका-४ स्थित बसपार्क नजिकै रहेको एउटा घरवाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा नेपालगञ्ज र कोहलपुरका ठूला व्यवसायीहरु रहेको बताइएको छ । पक्राउ पर्नेलाई प्रहरीले आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ ।