अबदेखि दैनिक कोरोना सम्बन्धि प्रेस ब्रिफ्रिङ बन्द - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

अबदेखि दैनिक कोरोना सम्बन्धि प्रेस ब्रिफ्रिङ बन्द



काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको बारेमा गर्दै आएको नियमित प्रेस ब्रिफ्रिङ अबदेखि हप्तामा दुई दिनमात्रै आउने भएको छ।

मन्त्रालयको नियमित प्रेस ब्रिफ्रिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब हप्तामा दुई दिन आइतबार र बुधबार साविककै समयमा ब्रिफ्रिङ आउने बताए।

यसअघि प्रेस बिफ्रिङ हप्ताको सातै दिन ‘लाइभ’ हुन्थ्यो। प्रेस ब्रिफ्रिङ सातामा दुई दिन मात्रै आएपनि सामाजिक सञ्जालमा कोरोनाबारे नियमित अपडेट गरिने गाैतमले बताए।