इटालीमा फेरि कोरोनाले बबण्डर मच्चायो - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

इटालीमा फेरि कोरोनाले बबण्डर मच्चायो



काठमाडौं- केहि समय संक्रमण दर निकै कम भएको इटालीमा एकाएक कोरोनाले बबण्डर मच्चाएको छ ।

इटालीको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै कोरोना संक्रमित व्यक्ति पहिचान भएका छन्।

शुक्रवार १ लाख ८२ हजार स्वाब परीक्षण गर्दा १९ हजार १४३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको हो। यससँगै इटालीमा कोरोना संक्रमितको संख्या १ लाख ८६ हजार पुगेको छ।

शुक्रवारमात्रै ९१ कोभिड १९ संक्रमितको मृत्यु भएको छ। यससँगै ३७ हजार ५९ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमण युरोपमा फैलिँदा भाइरसको इपिसेन्टर बनेको इटालीमा फेरि संक्रमणको गति बढेको हो।

संक्रमण बढेसँगै इटाली सरकारले गत हप्ता रात्रिकालिन कर्फयु सहितको नयाँ प्रतिबन्ध लागू गरेको थियो। तर ती प्रयासहरु संक्रमण रोक्न असफल भएको भन्दै आलोचना समेत भइरहेको छ।

इटालीका प्रधानमन्त्री गुसेप्पे कोन्टेले भाइरस नियन्त्रण गर्न अर्को लकडाउनमा जान नसकिने भन्दै सबैले मिलेर काम कोभिड १९ फैलिनबाट रोक्न प्रयास गर्नुपर्ने बताएका छन्।