प्रधानमन्त्री ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् ।
कोरोनाभाइरस संक्रमणबाट उत्पन्न परिस्थिति, विजया दशमी तथा अन्य समसामयीक विषयमा सम्बोधन गर्ने बताइएको छ ।
प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सम्वोधन गर्ने तयारी गरिरहेका छन् । समय भने केहीबेरमा सार्वजनिक गरिने बताइएको छ।