भोलिदेखि सरकारले कोरोनाबारे जानकारी दिन बन्द गर्ने - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

भोलिदेखि सरकारले कोरोनाबारे जानकारी दिन बन्द गर्ने



काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोली कात्तिक सात गतेदेखि कोभिड–१९ का बारेमा जानकारी दिन बन्द गर्ने भएको छ । दशैँको कारण नियमित पत्रकार सम्मेलन पाँच दिनका लागि स्थगन गरिएको हो ।

बडादशैंका कारण पत्रकार सम्मेलन यही कात्तिक ७ देखि कात्तिक ११ गतेसम्मका लागि स्थगन गरिएको जनाइएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अब कात्तिक १२ गतेदेखि हुने नियमित पत्रकार सम्मेलन थप परिमार्जनसमेत हुने बताए । उनले कोभिड –१९ का बारे भने सामाजिक सञ्जालबाट जानकारी गराइने पनि बताए।

मन्त्रालयले दुई सय ५६ दिनदेखि लगातार नेपालमा कोभिड –१९ का बारे नियमित पत्रकार सम्मेलनबाट जानकारी गराउँदै आएको छ ।

अहिलेसम्म नेपालमा एक लाख ४८ हजार ५०९ संक्रमित भइसकेका छन् भने ८१२ जनाको संक्रमणबाट निधन भएको छ । यस्तै एक लाख दुई हजार ८२० जना संक्रमणबाट निको भएको र ४४ हजार ८७७ सक्रिय संक्रमित रहेका छन् ।