राजनीतिक दलले जनतालाई टुहुरा बनाए: पूर्वराजा ज्ञानेन्द्र शाह - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

राजनीतिक दलले जनतालाई टुहुरा बनाए: पूर्वराजा ज्ञानेन्द्र शाह



काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले राज्य कमजोर हुँदा जनता टुहुरा भएको बताएका छन्। उनले संकटको अहिलेको समयमा अभिभावकले खेल्नुपर्ने भूमिका नेतृत्वले नखेलेको उनले आराेप लगाए।

बिहीबार जारी विज्ञप्तिमा उनले नेपाली जनता अभिभावकविहीन बनेकामा पीडाबोध भएको उल्लेख गरेका छन्।

‘संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ‚’ विज्ञप्तिमा भनिएकाे छ‚ ‘याे आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावकविहीन टुहुरा बनेको पीडाबोध यति बेला हुँदैछ।’

‘प्राकृतिक विपत्ति मानववशको कुरा नभएको हामी सबैले बुझेका छौँ तर विपत्तिसँग भिड्दा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल जिम्मेवार पक्षबाट प्रस्तुत हुन नसक्दा आम जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दैछ’ विज्ञप्तिमा उल्लेख छ।

दसैँको अवसरमा शुभकामना दिँदै उनले हर्षोल्लासका साथ विजया दशमी मनाउने अवस्था नरहे पनि शुभकामना भने दिन सकिने बताएका छन्।