डा. बाबुराम भट्टराई बने जसपाको अध्यक्ष
काठमाण्डौ– डाक्टर बाबुराम भट्टराई जनता समाजवादी पार्टीको सङ्घीय परिषद् अध्यक्ष बनेका छन् ।
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले सङ्घीय परिषद् अध्यक्षको जिम्मेवारी पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईलाई दिने निर्णय गरेको हो ।
केन्द्रीय समितिको अध्यक्षमा भने महन्थ ठाकुर र उपेन्द्र यादव रहने जसपाले जनाएको छ । यस्तै बैठकले भट्टराईले नेतृत्व गर्ने सङ्घीय परिषदप्रति केन्द्रीय समिति उत्तरदायी हुनुपर्ने विधान पनि पारित गरेको छ ।
बैठकले सङ्घीय सांसद रेशम चौधरी रिहाइ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ भने बाँकी निर्णयका लागि पाँच जना शीर्ष नेतालाई अधिकार दिइएको छ ।
पाँच शीर्ष नेतामा डाक्टर बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र महतो रहेका छन् ।