कर्णाली प्रदेश विवाद मिलाउन ओली र प्रचण्डबीच चार सहमति - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

कर्णाली प्रदेश विवाद मिलाउन ओली र प्रचण्डबीच चार सहमति



काठमाडौँ- प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कर्णाली प्रदेश विवादबारे चार बुँदे सहमति भएको छ ।

मंगलबार बिहान ओली र प्रचण्डबीच भएको भेटघाटमा भएको सहमतिको प्रधानमन्त्रीका प्रेस सल्लहाकार सूर्य थापाले जारी गरेको प्रेस नोटमा कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने निर्णय भएको उल्लेख छ ।

त्यस्तै, प्रमुख सचेतकमा मुख्यमन्त्रीले नियुक्त गरेकी सीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने सहमति भएको पनि उल्लेख छ ।

त्यस्तै मुख्यमन्त्रीविरूद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने र अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने सहमति भएको सल्लाहकार थापाले जनाएका छन् ।

यद्यपि, यसअघि प्रचण्ड निकट नेताहरुले कर्णाली विवादबारे कुनै सहमति नभएको दावी गरेका थिए ।