काठमाडौं जिल्ला प्रशासनको निर्देशन: दशैँमा घरबाहिर ननिस्कनु - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

काठमाडौं जिल्ला प्रशासनको निर्देशन: दशैँमा घरबाहिर ननिस्कनु



काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले दशैँको समयमा घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ। जिल्ला प्रशासनले अत्यावश्यक नभई घरबाहिर ननिस्कन आग्रह गरेको हो ।

कोरोना संक्रमण जोखिम अझ बढ्न सक्ने अवस्था देखिएकाले व्यक्तिगत तथा सामूहिक रूपमा सचेतता अपनाएर जो जहाँ भएकाे अवस्था छ सोही ठाउँमा रहेर चाडबाड मनाउन प्रशासनले आग्रह गरेको हो।

अतिआवश्यक परेमा घरबाहिर निस्कँदा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको अनिवार्य पालना गर्न सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले सूचना निकालेर आग्रह गरेका हुन्। निस्कन परेमा स्वास्थ्य मापदण्ड पालना गर्न भनिएकाे छ।