दिल्ली क्यापिटल्समा थपिए अर्का लेग स्पिनर - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

दिल्ली क्यापिटल्समा थपिए अर्का लेग स्पिनर



काठमाडौं- दिल्ली क्यापिटल्सले अमित मिश्राको स्थानमा लेग स्पिनर प्रवीण दुबेलाई टोलीमा समावेश गरेको छ। मिश्रा अक्टोबर ३ मा औंलामा चोट बोकेर घाइते भएपछि आईपीएलबाट बाहिरिइसकेका छन्।

उनले शल्यक्रिया गर्नुपर्ने भएको छ। उत्तर प्रदेशका दुबेले कर्णाटकबाट भारतको घरेलु क्रिकेट खेल्दै आएका छन्। उनी यसअघि पनि आईपीएलमा रहेका थिए।

रोयल च्यालेन्जर्स बेंग्लोरले उनलाई २०१६ र २०१७ को सत्रमा लिएको थियो। तर उनले एउटै खेल खेल्न पाएनन्। २०१९ को सैयद मुस्ताक अली ट्रफीमा उनले ८ खेलमा ६ विकेट लिँदै कर्णाटकलाई घरेलु ट्वान्टी–२० प्रतियोगिता दिलाएका थिए।

२७ वर्षे दुबेले कुल गरेर १४ ट्वान्टी–२० खेलमा १९.१२ को औसत र ६.८७ को इकोनोमीमा १६ विकेट लिएका छन्। दिल्लीमा उनी चौथो स्पिनरका रूपमा रहनेछन्।

हाल शीर्षस्थानमा रहेको दिल्लीमा रविचन्द्रन अश्विन, अक्षर पटेल र सन्दीप लामिछाने छन्। त्यसमा लेग स्पिनरमा दुबे र सन्दीप छन्। नेपाली स्टार सन्दीपलाई दिल्लीले अहिलेसम्म खेलेका ९ खेलमा खेलाएको छैन।