केएमसी अस्पतालको तेस्रो तलाबाट एक युवाले हाम्फाले - Himal Post Himal Post
  • २९ माघ २०८१, मंगलवार
  •      Tue Feb 11 2025
Logo

केएमसी अस्पतालको तेस्रो तलाबाट एक युवाले हाम्फाले



काठमाडौं- काठमाडौंको केएमसी अस्पतालको तेस्रो तलाबाट २६ वर्षीय युवाले हाम्फालेका छन् । सिनामंगल स्थित केएमसी अस्पतालको तेस्रो तलाबाट हाम्फालेका उनको अवस्था गम्भीर भएको बताइएको छ ।

सोलुखुम्बुको जुगु गाउँपालिका घर भएका रोशन खड्काले हाम्फालेको महानगरीय प्रहरी वृत गौशालाले जनाएको छ ।

अहिले उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ । बानेश्वर बस्ने रोशनको मानसिक अवस्था ठीक नभएको अस्पताल स्रोतले जनाएको छ ।

आइतबार डेरामा आफैलाई आगो लगाएपछि आमाले उनलाई अस्पताल लगेकी थिइन् । सोमबार पौने ९ बजे आमा औषधी किन्न गएको बेला उनि हाम्फालेका हुन् ।