दसैँमा गाउँ फर्कनेबाटै कोरोना ह्वात्तै फैलिने खतरा - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

दसैँमा गाउँ फर्कनेबाटै कोरोना ह्वात्तै फैलिने खतरा



काठमाडौँ – दशैँ मनाउन काठमाडौँ उपत्यका छोडेर आफ्नो घर फर्कनेहरूले उपत्यकामा फैलिएको कोरोना गाउँसम्म पु¥याउने सम्भावना बढेको छ ।

सरकारले जो व्यक्ति जुन ठाउँमा बसेको छ सोही स्थानमै बसेर दशैँ मनाउन आग्रह गरे पनि मानिसहरू दशैँमा आफ्नो थातथलो जान थालेपछि कोरोना सङ्क्रमण गाउँसम्म पुग्ने खतरा बढेको हो ।

नुवाकोटको शिवपुरी गाउँपालिका प्रमुख रामकृष्ण थापाले पहिलाको तुलनामा यस वर्ष उपत्यकाबाट गाउँ फर्कने सङ्ख्या केही कम भए ठप्प भने नभएकाले उपत्यकाबाट गाउँ फर्कनेलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको बताए ।

“दशैँ मनाउन गाउँ फर्कनेलाई नाकामै बसेर रोक्ने अवस्था छैन,” उनले भने, “आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न लगाउनुको विकल्प छैन ।”

उनका अनुसार गाउँपालिकाले कोरोनाको सामना गर्न आठ शøयाको आइसोलेसन कक्ष निर्माण गरेको छ । अप्ठ्यारो परेकालाई उक्त आइसोलेसन कक्षमा राख्न सकिए पनि सबैलाई त्यो सम्भव नभएको बताए ।

दशैँ मनाउनका लागि उपत्यकाबाट आ–आफ्ना घर पुगेका स्थानीयलाई आइसोलेसनमा राखी व्यवस्थापन गर्ने कुरा स्थानीय सरकारका लागि चुनौतीपूर्ण बनेको छ । गोरखापत्रमा नगेन्द्र सापकोटाले लेखेका छन् ।