चर्चामा महावीर पुन: ४५ वर्षपछि लगाए सुट - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

चर्चामा महावीर पुन: ४५ वर्षपछि लगाए सुट



काठमाडौं– राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं वैज्ञानिक महावीर पुनले ४५ वर्षपछि दसैंमा नयाँ कपडा लाएका छन्।

यो आफ्नो जिन्दगीको दोस्रो नयाँ सुट भएको पुनको भनाइ छ। सामाजिक सञ्जालमा नयाँ सुट लाएको फोटो हाल्दै पुनले लेखेका छन्– ‘यो कपडा मलाई नै नापेर सिलाई दिएका हुन्। पुरानो जडौरी होइन। मेरो जिन्दगीको यो दोश्रो नयाँ सुट हो।’

सुट नयाँ भए पनि लाएको जुत्ता चाहिँ ६ वर्ष पुरानो भएको उनको भनाइ छ।

‘धेरै साथीले राम्रो कपडा लगाएन भनेर मलाई कचकच गरिरहनु भएको थियो। अब कचकच गर्ने साथीहरु चुप लाग्नुहोस्। आज नयाँ कपडा लगाएको फोटो हाल्छु भनेर हिजो गरेको बाचा पुरा गरें,’ पुनले लेखेका छन्।

यो सुट कसले दिएको वा कहाँबाट आएको नसोध्न उनले आग्रह गरेका छन्। उनी भन्छन्, ‘केही महिनापछि मैंले नै बताउने छु। क्या रमाइलो हुने भयो यो पालीको दसैं।’