झलनाथ खनालको स्वास्थ्यमा गम्भीर समस्या: अस्पताल भर्ना गरियो
काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ ।
एकाएक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको स्रोतले बताएको छ । बुधबार नेता खनालको स्वास्थ्यमा समस्या देखिएको बताइएको छ ।
पहिलेदेखि नै स्वास्थ्य समस्या भएका नेता खनाललाई बुधबार स्वासप्रस्वास सम्बन्धी समस्या आएपछि हेम्स अस्पतालमा भर्ना गरिएको बताइएको छ ।
नेता खनाललाई स्वासप्रस्वास र उच्च रक्तचापको समस्या देखिएको बताइएको छ ।