बाबुराम भट्टराईले फर्काए नारायणकाजी श्रेष्ठलाई मुखभरीको जवाफ - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

बाबुराम भट्टराईले फर्काए नारायणकाजी श्रेष्ठलाई मुखभरीको जवाफ



काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठलाई मुखभरीको जवाफ फर्काएका छन् ।

प्रवक्ता श्रेष्ठले बुधबार विज्ञप्ति जारी गर्दै बाबुराम भट्टराईले माफी माग्नुपर्ने बताएका थिए । त्यसैको जवाफमा भट्टराइले सत्ताको तुजुक नदेखाउन समेत चेतावनी दिएका छन् ।

प्रवक्ता श्रेष्ठले बुधबार विज्ञप्ति जारी गर्दै केहीदिनअघि भट्टराईले बूढीगण्डकी आयोजनामा ९ अर्ब भ्रष्टाचार गरेको भनि दिएको अभिव्यक्ति गलत भएको बताउँदै प्रमाण पेस गर्न चुनौती दिएका थिए ।

नेता भट्टराईले बुधबार बेलुका सामाजिक सञ्जालमार्फत जवाफ दिँदै भनेका छन्–बूढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रिन्टिङ, यति, ओम्नीलगायत सबै ठूला भ्रष्टाचार काण्डको छानबिन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गरौँ । सबै उच्च पदासिनहरुको सम्पत्ति छानबिन गरौँ । म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु । जस्केलाबाट छिर्नेहरुले सत्ताको तुजुक नदेखाऊँ ।”