सित्तैमा पिसिआर परीक्षण बन्द: अब यस्ता व्यक्तिले मात्रै पाउनेछन् सुविधा - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

सित्तैमा पिसिआर परीक्षण बन्द: अब यस्ता व्यक्तिले मात्रै पाउनेछन् सुविधा



काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड—१९ को प्रयोगशाला परीक्षण निर्देशका पाँचौं पटक परिमार्जन गर्दै पिसिआर परीक्षणका लागि नयाँ मापदण्ड तोकेको छ।

मन्त्रालयले निःशुल्क कोभिड परीक्षणको लक्षित समूह तोकेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

यस्ता व्यक्तिको गरिने छ निशुल्क परीक्षण

– आर्थिक रुपले विपन्न अशक्त, असाहय नागरिक, असहाय एकल महिला, अपांगता भएका नागरिक, जेष्ठ नागरिक

– अग्रपंतीमा खटिने स्वास्थ्यकर्मीहरू, सरसफाई कर्मचारीहरू, सुरक्षाकर्मीहरू, जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरू

माथि उल्लेख गरिएका व्यक्तिमा कोरोनाका कुनै लक्षण वा चिन्ह देखिएमा निशुल्क परीक्षण हुने प्रवक्ता गौतमले बताए।

‘नि:शुल्क परीक्षण गर्ने भनिएका उल्लेखित व्यक्तिहरूले कुनै बिमा कम्पनीमा बिमा गरिएको भएमा परीक्षण र उपचार खर्च सोही बिमा रकमबाट व्यहोरिने निर्णय सरकारले गरेको छ,’ डा. गौतमले भने, ‘उल्लेखित व्यक्तिले कुनै बिमा कम्पनीबाट कोरोना बिमा गरेको भए परीक्षण शुल्क बिमा रकमबाट काटिने छ।’