यस्तो छ नयाँ र पुराना मन्त्रीहरूको जिम्मेवारी (सूचीसहित) - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

यस्तो छ नयाँ र पुराना मन्त्रीहरूको जिम्मेवारी (सूचीसहित)



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल हेरफेर गरेका छन्। ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन्। रक्षा मन्त्रालयकाे जिम्मेवारी आ‌ेली आफैंले राखेका छन्।

यसैगरी प्रधानमन्त्री ओलीले अर्थ मन्त्रालयको जिम्मेवारी विष्णु पौडेल दिएका छन् भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी लीलानाथ श्रेष्ठलाई दिएका छन्। यसअघि महिला बालबालिका मन्त्री रहेका पार्वत गुरुङलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यस्तै सहरी विकास मन्त्रालयकाे जिम्मेवारी कृष्णगाेपाल श्रेष्ठलाई दिइएकाे छ।