कारबाहीमा परे ईश्वर पोखरेल: तीन जना नयाँ मन्त्री थपिए - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

कारबाहीमा परे ईश्वर पोखरेल: तीन जना नयाँ मन्त्री थपिए



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधान तथा रक्षा मन्त्री रहेका ईश्वर पोखरेललाई कारबाही गरेका छन् । बुधबार मन्त्रिपरिषद पुनर्गठन गर्दै प्रधानमन्त्री ओलीले पोखरेलको मन्त्रालय खोसेर विनाविभागीय बनाएका छन् ।

सत्तारुढ नेकपाका सचिवालय सदस्य पोखरेलले मन्त्रीका रुपमा गरेको कामकारबाहीको विषय पटक पटक विवाद तानिएको थियो भने उनको कार्यशैलीका कारण सेनासँग समेत सम्बन्ध बिग्रिएको टिप्पणी हुने गरेको थियो ।

उनका कामकारबाहीलाई लिएर प्रधानमन्त्री ओली स्वयं असन्तुष्ट रहेको खबर सार्वजनिक भएको थियो। विशेषगरी कोरोनासँग जुध्ने कामको नेतृत्व गरेका पोखरेलले सन्तोषजनक काम नगरेको मात्रै होइन, कैयौं विवादित निर्णय समेत गरेको आरोप लाग्दै आएको छ।

उनको पद खोसिएसँगै रक्षा मन्त्रालय प्रधानमन्त्री आफैले राखेका छन् । यस्तै ओली सरकारमा ३ नयाँ अनुहारले प्रवेश पाएको छ । जसमा महासचिव विष्णु पौडेलले अर्थ, नेता गोपालमान श्रेष्ठले सहरी विकास र लिलानाथ श्रेष्ठ महिला बालबालिका तथा जेष्ठ नागरिकको मन्त्री बनेका छन् ।