अब उपत्यकाका सबै सरकारी अस्पताल कोभिड अस्पताल
काठमाडौं- सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालका बनाउने निर्णय गरेको छ ।
सरकारले सबै सरकारी अस्पताललाई कोभिड अस्पतालका रूपमा रुपान्तरण गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले आकस्मिक बाहेकका अपरेशन नगरे संक्रमित बिरामीलाई आईसीयु बेड र भेन्टिलेटर बेड उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सकिने बताए ।
कोभिड अस्पतालका रूपमा सेवा दिने सरकारी अस्पतालमा स्वास्थ्य सेवा विभागले आईसीयु, भेन्टिलेटर र अक्सिजनलगायतका सामग्री उपत्यका केन्द्रित गरी व्यवस्थापन गर्न पनि निर्देशन दिइएको उनले बताए ।