नेकपाका सांसदहरुले नै दर्ता गरे मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

नेकपाका सांसदहरुले नै दर्ता गरे मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव



सुर्खेत– कर्णाली प्रदेशमा नेकपाका आफ्नै सांसदहरुले दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

आजको प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको हो । प्रदेश दलका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुन्।

उनीहरुले मुख्यमन्त्री शाहीबाट सरकार र पार्टीको प्रभावकारिता जनस्तरमा कमजोर भएको आरोप लगाउँदै नेकपा प्रदेशसभा संसदीय दलको विधान २०७५ को नियम २४ १ बमोजिम संसदीय दलका नेता मुख्यमन्त्री शाहीविरुद्ध विश्वास नभएकोले अविश्वासको प्रस्ताव पेश गरेको जनाएका छन्।

३३ जना संसद रहेको प्रदेशमा १७ जनाको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको हो ।

कर्णाली प्रदेशमा सरकारले काम गर्न नसकेको भन्दै पार्टीभित्रैकै सांसदहरु सरकारको कामसँग असन्तुष्ट रहेका छन् ।