राजधानी विवादमा फरक मोड: नेकपानिकट २२ सय उद्योगी, व्यवसायीले गरे सामूहिक राजीनाको घोषणा - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

राजधानी विवादमा फरक मोड: नेकपानिकट २२ सय उद्योगी, व्यवसायीले गरे सामूहिक राजीनाको घोषणा



काठमाडौं- केहिदिन देखि चर्किएको प्रदेश ५ को राजधानी विवादले अर्कै मोड लिएको छ । स्थायी राजधानी र नामकरण प्रस्ताव प्रदेश सभामा दर्ता भएपछि चौतर्फी विवाद सुरु भएको छ ।

प्रस्ताव पारित भए दुई हजार दुई सय ४९ जना नेकपानिकट उद्योगी, व्यवसायीले सामूहिक राजीनामा दिने घोषणा गरेका छन् । आज बुटवलमा एक कार्यक्रम गर्दै उनीहरुले बुटवलबाट राजधानी सार्ने प्रस्ताव सभाले पारित गरे सामुहिक राजीनामा दिने घोषणा गरेका हुन् ।

‘दाङका राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाले चर्चेको राप्ती नदी किनाराको मैदानी भाग देउखुरी उपत्यका क्षेत्रलाई स्थायी राजधानी’ र ‘शान्तिका अग्रदूत गौतमबुद्ध जन्मस्थल लुम्बिनीको महत्वलाई हृदयंगम गर्दै साझा चिनारीका रूपमा प्रदेशको नाम लुम्बिनी प्रदेश’ राख्ने प्रस्ताव छलफलका लागि अगाडि बढ्दै गर्दा चतर्फी विपाद देखिएको हो ।

यता प्रस्तावलाई लिएर विपक्षी दल कांग्रेसले सदनमा कुर्सी, टेबुल र माइक तोडफोड गरेको छ।

शुक्रबार प्रस्ताव पेस भएपछि सोमबार बसेको पहिलो बैठकमा संसदीय पद्धति मिचेर प्रस्ताव ल्याइएको भन्दै कांग्रेसले विरोध जनाएको थियो।