ट्रम्पका लागि अबका ४८ घण्टा एकदमै जोखिमपूर्ण हुने - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

ट्रम्पका लागि अबका ४८ घण्टा एकदमै जोखिमपूर्ण हुने



एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि अबका ४८ घण्टा क्रिटिकल भएको चिकित्सकले बताएका छन्।

कोरोना संक्रमणपछि उपचाररत ट्रम्पको स्वास्थ्य अवस्था सुधारोन्मुख भएपनि अब २ दिन क्रिटिकल भएको ट्रम्पका निजी चिकित्सकलाई उद्धृत गर्दै सिएनएनले समाचार प्रकाशन गरेको छ।

केही समयअघि मात्र ट्रम्पका निजी चिकित्सक डा सिन कोन्लीले पत्रकारहरूसँग कुराकानी गर्दै शनिबार बिहान राष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्था सुधार भएको बताउँदै अबका ४८ घण्टा क्रिटिकल रहेको बताएका हुन्।

राष्ट्रपति ट्रम्पलाई पछिल्लो २४ घण्टायता अक्सिजनको सहायता दिनुपर्ने अवस्था पनि नरहेको र ज्वरो पनि नरहेको बिबिसीले उल्लेख गरेको छ। ७४ वर्षीय राष्ट्रपति ट्रम्प कोरोनाको जोखिम बढी हुने उमेर समूहमा पर्छन्।