आजदेखि उपत्यकामा सुपथ मूल्यका पसल, कुन सामानमा कति पाइन्छ छुट? - Himal Post Himal Post
  • २९ माघ २०८१, मंगलवार
  •      Tue Feb 11 2025
Logo

आजदेखि उपत्यकामा सुपथ मूल्यका पसल, कुन सामानमा कति पाइन्छ छुट?



काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहुलियत पसल सञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रालयले (आज) असोज १५ गतेदेखि मंसिंर ६ गतेसम्म सहुलियत पसल सञ्चालन हुँदैछन् ।

मन्त्रालयले नेपालीहरुको महान चाड दशैं, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ्ग कर्पोरेशनमार्फत सुपथ मूल्यमा सामान उपलब्ध गराउने भएको हो ।

मन्त्रालयले घुम्ती सेवा पसल, र अनलाइन मार्फत् उपत्यकाका ४९ स्थान र दुग्ध विकास संस्थानमार्फत् अत्यावश्यक सामाग्री सुपथ मूल्यमा पाइने जनाएको छ ।

त्यस्तै मन्त्रालयले उपभोग्य वस्तुहरुको मूल्य पनि सार्वजनिक गरेको छ । मन्त्रालयले नून प्रतिकेजी १८ रुपैयाँ, चिनी केजीको ७० र घ्यु लिटरको ८७० रुपैयाँ तोकेको छ । चिनी र नुन भने प्रति परिवार ४ केजी मात्रै लिन पाउने व्यवस्था गरिएको छ ।

मन्त्रालयले खसीबोका तथा च्यांग्रामा किलोको १०, चामलमा ५ रुपैयाँ, दालमा ५, सिमिलगायत गेडागुडीमा १०, फापर तथा केराउमा ५ रुपैयाँ प्रतिकिलो छुट दिने निर्णय पनि गरेको छ ।

पसल कालीमाटी, टेकु, कोटेश्वर, सिंहदरबार, सतुंगल, ललितपुर, थापाथली, नख्खु, प्रयागपोखरी, जाउलाखेल तथा भक्तपुरमा खुल्नेछन् ।

मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले चाडपर्वलाई लीष्गात गर्दै मन्त्रालयले सुपथ मूल्य पसल सञ्चालनमा ल्याउको जानकारी दिइन् ।