भारतमा सिनेमा हल र स्कुल खोल्न अनुमति - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

भारतमा सिनेमा हल र स्कुल खोल्न अनुमति



काठमाडौं- भारतमा लामो समयदेखि बन्द सिनेमा हलहरु यही अक्टोबर १५ तारिखदेखि खुल्ने भएका छन्।

अनलक–५ गाइडलाइन जारी गर्दै सरकारले सिनेमा हल, मल्टिप्लेक्स, एक्जिबिसन हल, इन्टरटेनमेन्ट पार्कलगायत अन्य थुप्रै सेवा खोल्ने अनुमति दिएको हो।

अनलक–५ अन्तर्गत नै गएको मार्चदेखि बन्द स्कुल पनि अक्टोबर १५ देखि नै खुल्ने भएका छन्।

यद्यपि, यी सबैमा केही प्रतिबन्ध लागू हुनेछन्। सिनेमा हल, थिएटर तथा मल्टिप्लेक्समा ५० प्रतिशतमात्र दर्शक राख्न पाइनेछ।

अनलक–५ अन्तर्गत सामाजिक, शैक्षिक, खेल, मनोरञ्जन, सांस्कृतिक, धार्मिक, राजनीतिक तथा अन्य कार्यक्रममा १०० जनाभन्दा बढी सहभागी हुन पाइनेछैन।