आजपनि सन्दीप दर्शक बने - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

आजपनि सन्दीप दर्शक बने



काठमाडौं- इन्डियन प्रिमियर लिग-आईपीएलको आजको खेलमा पनि सन्दीप लामिछाने मैदान बाहिरै हुने भएका छन् । लामिछाने यो खेलमा पनि दिल्लीको प्लेइङ सेटमा परेका छैनन्।

केहीबेरमा सुरु हुने खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादविरुद्ध पहिला बलिङ गर्ने भएको छ। दिल्लीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ।

प्रतियोगिताको यो सिजन दिल्लीले खेलेका दुवै खेल जितेको छ। पहिलो खेलमा किङ्स इलेभेन पन्जाबलाई सुपर ओभरमा हराएको दिल्लीले दोस्रो खेलमा महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किङ्सलाई पराजित गर्‍यो।

हैदरावादले यो सिजन दुई खेल खेलेपनि जित हात पार्न सकेको छैन। पहिलो खेलमा कोलकाता नाइट राइडर्ससँग सात विकेटले पराजित भएको हैदरावाद दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसँग १० रनले निराश भएको थियो।

आईपिएलमा दिल्ली र हैदराबादबीच हालसम्म १५ पटक प्रतिस्पर्धा भएको छ जसमा हैदराबादले ९ जित र ६ हार ब्यहोरेको छ। गत सिजन हैदरावादसँग दिल्लीले एलिमिनेटरसहित तीन खेल खेलेको थियो जसमा दुई जित र एक हारको नतिजा निकालेको थियो।

सन्दीपले यो सिजन खेल्न पाएका छैनन्।