चन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टि - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

चन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टि



काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य परीक्षण गर्दा आँफूलाई कोरोना संक्रमण देखिएको ढकालले जानकारी दिए।

आइएमई ग्रुपका अध्यक्ष ढकालले संक्रमण भए पनि आफ्नो स्वास्थ्यमा कुनै समस्या नरहेको बताए।

स्वास्थ्य सामान्य अवस्थामा रहेकाले घरमा सुरक्षित आइसोलेसनमा बसेको बताएका छन्।

ढकालले सम्पर्कमा आएका सबैलाई स्वास्थ्य सजकता अपनाउन र सुरक्षित रहन सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन्।