नाटकीय खेल: पंजावविरुद्ध राजस्थानको रोमान्चक जित - Himal Post Himal Post
  • ४ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 20 2024
Logo

नाटकीय खेल: पंजावविरुद्ध राजस्थानको रोमान्चक जित



एजेन्सी । राजस्थान रोयल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।

सारजाहमा आइतबार राति किङ्स इलाभेन पन्जाबलाई विकेटले ४ पराजित गर्दै राजस्थानले दोस्रो जित निकालेको हो ।

सारजाह क्रिकेट स्टेडियममा पन्जाबले दिएको २ सय २४ रनको फराकिलो लक्ष्य राजस्थानले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।

राजस्थानको जितमा सन्जु सामसनले ८५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान स्टिभ स्मिथले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दै पेभेलियन फर्किए ।

राहुल टेवटियाले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । जोफ्रा आर्चर १३ रनमा अविजित रहे ।

पन्जाबका मोहमद शामीले ३ विकेट लिए । सेल्ड्रोन कोट्रेल, जेम्स निशम र मुरुगान आश्विनले १/१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा २ विकेट गुमाएर २ सय २३ रन बनाएको थियो ।

पन्जाबको फराकिलो स्कोरमा मायांक अग्रवालले १ सय ६ रनको शतकीय इनिङ्स खेले । आईपीएलको यस सिजन शतक बनाउने दोस्रो खेलाडी बनेका मायांकले ५० बलमा १० चौका र ७ छक्का प्रहार गरे ।

मायांकले पहिलो विकेटका लागि कप्तान केएल राहुलसँग १ सय ८३ रनको साझेदारी गरे । राहुलले ६९ रनको अर्धशतकीय इनिङ्स खेले ।

ग्लेन म्याक्सवेल १३ तथा निकोलस पुरन २५ रनमा अविजित रहे । राजस्थानका अंकित राजपुत र टम करनले एक एक विकेट लिए ।