यी हुन् आजको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरू - Himal Post Himal Post
  • २९ माघ २०८१, मंगलवार
  •      Tue Feb 11 2025
Logo

यी हुन् आजको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरू



काठमाडौं- मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

भण्डारी विगत ६ महिनादेखि निमित्त कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए । भण्डारीलाई वरिष्ठताको आधारमा कार्यकारी निर्देशक नियुक्त गरिएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

बैठकले नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौता गर्ने निर्णय पनि गरेको छ । यसका लागि इजरायलयका लागि नेपाली राजदूत अञ्जान शाक्यलाई आवश्यक सम्झौता गर्ने अख्तियारी प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकमा विशेष एजेण्डा केही नभएकोले केही निकायहरुमा अत्यावश्यक नियुक्तिहरु भएको ती मन्त्रीले जानकारी दिए ।

सामान्यतः सोमबार र विहीबार बैठक बस्ने भए पनि आइतबार आकस्मिकरुपमा बसेको मन्त्रिपरिषद् बैठकले विशेष केही निर्णय नगरेको ती मन्त्रीले जानकारी दिए ।

बैठकअघि प्रधानमन्त्रीले पार्टी अध्यक्ष प्रचण्डलाई बालुवाटार बोलाएका थिए । अध्यक्षद्वयबीच ठोस सहमति हुन नसकेपछि मन्त्रीपरिषद पुनर्गठन गर्ने प्रक्रिया भने अगाडि बढेको छैन ।