प्रधानमन्त्रीले डाके आकस्मिक मन्त्रिपरिषद बैठक: के होलान एजेन्डा ?
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन्।
स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ । आइतबार नै बोलाउने बैठक आकस्मिक रूपमा बोलाउनुलाई चासोले हेरिएको छ ।
दिउसो १२ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको श्रोतले जनाएको छ । मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी भैरहेका बेला आकस्मिक रूपमा बैठक बोलाइएपछि अनेक आशंका गर्न थालिएको छ ।
मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्ने गर्छ। सोमबार नसकिएका एजेण्डाबारे छलफल गर्न बिहीबार बस्ने चलन छ।
आज भने त्यस्तो अपर्झट केहि नभएको एक मन्त्रीले बताए । मन्त्रिपरिषद पुनर्गठनकै बिषयमा छलफल गर्न पनि हुनसक्ने स्रोतले बतायो ।