पृथ्वीले अर्धशतक बनाउँदा चेन्नईलाई मध्यम रनको लक्ष्य - Himal Post Himal Post
  • ४ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 20 2024
Logo

पृथ्वीले अर्धशतक बनाउँदा चेन्नईलाई मध्यम रनको लक्ष्य



एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किङ्सलाई जितका लागि १ सय ७६ रनको लक्ष्य दिएको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १ सय ७५ रन बनायो ।

दिल्लीका लागि ओपनर पृथ्वी शले ६४ रनको अर्धशतकीय इनिङ्स खेले । शिखर धवनले ३५ रन जोडे । शिखर र पृथ्वीले पहिलो विकेटका लागि ९४ रनको साझेदारी गरेका थिए ।

यस्तै ऋषब पन्तले अविजित ३७ र कप्तान श्रेयस आयरले २६ रन बनाए । चेन्नईका पियुस चावालाले २ विकेट लिए । साम करनले एक विकेट लिए ।

आज दिल्ली लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ । पहिलो खेलमा दिल्लीले किङ्स इलाभेन पन्जाबलाई सुपर ओभरमा पराजित भएको थियो ।

चेन्नई पनि दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ । पहिलो खेलमा चेन्नईले मुम्बई इण्डियन्सलाई ५ विकेटले हराएको थियो । तर, दोस्रो खेलमा चेन्नई राजस्थान रोयल्ससँग १६ रनले पराजित भएको थियो ।