केएल राहुलले बनाए इतिहास: तोडे तेन्दुलकरको रेकर्ड - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

केएल राहुलले बनाए इतिहास: तोडे तेन्दुलकरको रेकर्ड



काठमाडौं- इण्डियन प्रिमियर लिग आइपिएलको बिहिबार भएको खेलमा किंग्स ११ पञ्जावका केएल राहुलले ऐतिहासिक किर्तिमान बनाएका छन् ।

किंग्स ११ पञ्जाव र रोयल च्यालेन्जर बेङ्ग्लोरबीच प्रतिस्पर्धामा टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबका लागि टिमका कप्तान राहुलले ब्याटिङमा कीर्तिमान कायम गरेका हुन्।

उनले सचिन तेन्दुलकरले आईपीएलमा बनाएको रेकर्ड तोडेका हुन्। तेन्दुल्करले ६३ इन्निङसमा पुरा गरेको रेकर्ड राहुलले यो ६०औं इन्निङमा पुरा गरेर तेन्दुलकरको रेकर्ड तोडेका हुन् ।

छिटो २ हजार रन बनाउने खेलाडीको सूचिको तेस्रो स्थानमा गौतम गम्भीर र चौथो स्थानमा सुरेश रैना छन्। उनीहरुले क्रमश ६८ र ६९ इन्निङस्मा २ हजार रन पुरा गरेका थिए।

यो सँगै राहुल आईपीएलमा २ हजार रन पुरा गर्ने ३२ औं खेलाडीसमेत बनेका छन्। त्यस्तै २० औं इण्डियन ब्याट्सम्यान बनेका छन्।