ट्रम्पले चुनाव हारेपनि सत्ता नछाड्ने - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

ट्रम्पले चुनाव हारेपनि सत्ता नछाड्ने



एजेन्सी-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी निर्वाचनमा पराजित भए शान्तिपूर्ण रुपमा शक्ति हस्तान्तरणको प्रतिबद्धता जनाउन अस्वीकार गरेका छन्।

उनको भनाइले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा हारेपनि ट्रम्पले पद छोड्न नमान्ने हुन् कि भन्ने चिन्ता अमेरिकीहरुमा बढेको छ।

निर्वाचनको ठिक ४१ दिनअघि ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा शक्ति हस्तान्तरणबारे सोधिएको प्रश्नमा ट्रम्पले भने, ‘के हुन्छ, हामीले हेर्नुपर्ने हुन्छ।’

उनले हुलाकमार्फत मतपत्र पठाएर गरिने मतदानप्रति विमति राख्दै आएका छन्। उनले यो प्रचलन हटाउनुपर्ने बताइरहेका छन्।

‘तपाईंलाई थाहा छ, हुलाकमार्फत हुने मतदानबारे म गुनासो गरिरहेको छ। यो निकै ठूलो गठबडी हो,’ ट्रम्पले भने, ‘यसलाई हटाऊँ अनि…। स्पष्ट भन्ने हो भने शक्ति हस्तान्तरण हुने छैन। निरन्तरता हुनेछ।’

ट्रम्पको भनाइको विपक्षी डेमोक्रेटिक पार्टीका नेताहरुले आलोचना गरेका छन्। उनकै रिपब्लिकन पार्टीका केही नेताले पनि ट्रम्पको भनाइको विरोध गरेका छन्।