नीति तथा कार्यक्रमबारे जानकारी दिन याक नेपालको गोष्ठी - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

नीति तथा कार्यक्रमबारे जानकारी दिन याक नेपालको गोष्ठी



विशाल पाण्डेय / कैलाली –
स्थानीय सेवा प्रदायक निकायका कार्यक्रम ,कार्यनीति ,प्रक्रियाका विषयमा अभिमुखिकरण गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । याक नेपालको आयोजनामा मंगलबार कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा गोष्ठी सम्पन्न भएको हो ।

कार्यक्रममा आर्थिक बर्ष २०७७/०७८ का लागि घोडाघोडी नगरपालिकाले के कस्तो निती तथा कार्यक्रमहरु निर्माण गरेको छ भन्ने विषयमा स्थानीय सरोकारवालासंग छलफल गरिएको थियो ।
याक नेपालका कार्यकारी निर्देशक डबल बमले नगरका शाखाहरुमा के कस्तो कार्यक्रम छ्न भन्ने कुराको समेत स्थानीयहरुलाई जानकारी नहुने बताए ।

नगरमा विभिन्न शाखाहरु हुन्छन् । निर्देशक बमले भने,’ सबै शाखामा आएका कार्यक्रमहरुको बारेमा स्थानीयहरु जानकार हुदैनन् ।स्थानीयले कसरी सेवा पाउन सहज हुन्छ भन्ने कुराको जानकारी दिनको लागि कार्यक्रमको आयोजना गरिएको हो ।”

घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले सेवाग्राही र लाभग्राहिमा सुसूचित गर्नको लागि कार्यक्रमको आयोजना गरिएकोमा धन्यवाद व्यक्त गरेका छन् । सेवा प्रभाव तथा जनतालाइ सुसूचित गर्नको लागि नगरपालिकाले विभिन्न माध्यमबाट सुचनाहरु दिइरहेको नगर प्रमुख चौधरीले बताए ।

गत आर्थिक बर्षको पछिल्लो चौमासिकमा कोरोनाले गर्दा सोचेजस्तो काम गर्न नसकिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंहले जानकारी दिए । कोरोना भाइरसले गर्दा नगरपालिकाले पाउनुपर्ने रकम नपाउदा आफुहरुले चाहेजस्तो कार्यक्रमहरु यो आर्थिक बर्षमा गर्न नसकेको जानकारी दिए । कृषिलाई प्राथमिकतामा राखी युवा लक्ष्यित कार्यक्रमहरु ल्याइएको छ । उनले भने,’ गत बर्ष कृषि क्षेत्रमा एक वडा एक बाली संचालनका लागि रकम छुट्याइएपनी कुनैपनी आवेदन आएन ।’

कार्यक्रममा सहभागीहरुलाई आर्थिक बर्ष २०७७/०७८ को बजेट तथा कार्यक्रमहरुको बारेमा कृषि विकास शाखा ,पशु विकास शाखा ,रोजगार शाखा ,महिला तथा बालबालिका शाखा तथा प्रशासन सम्बन्धि के कस्तो र कसरी सेवा लिने भन्ने बारेमा जानकारी दिएका थिए ।