आईपीएलको पहिलो खेलमा चेन्नईले टस जितेर पहिले बलिङ गर्दै - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

आईपीएलको पहिलो खेलमा चेन्नईले टस जितेर पहिले बलिङ गर्दै



एजेन्सी । १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्स र उपविजेता चेन्नई सुपर किङ्स प्रतिस्पर्धा गर्दैछन् । यूएईको अबुधाबीको शेख जायद स्टेडियममा केही बेरमा हुने सिजनको पहिलो खेलमा चेन्नइले टस जितेर पहिलो बलिङ गर्ने भएको छ ।

चेन्नईविरुद्ध मुम्बईले पहिले ब्याटिङ गर्ने भएको छ । आजको खेलमा दुबै टोली जित निकाल्दै सिजनको सुखद सुरुआत गर्ने योजनामा हुनेछ ।

प्रतियोगिताको पहिलो खेल खेल्दा मुम्बई सिजनको सुखद सुरुआत गर्ने योजनामा छ । रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बईले यो सिजन पनि लिगको उपाधि जित्ने योजना बनाएको छ।

यता महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नई आजको खेलमा जित निकाल्दै गत सिजन फाइलनमा हार व्यहोर्यको बदला लिने योजनामा छ ।

मुम्बई र चेन्नइबीचको पछिल्लो पाँच खेलको नतिजा हेर्दा मुम्बई अपराजित रहेको छ । गत सिजनको फाइनल खेलमा पनि मुम्बईले चेनईविरुद्ध १ रनको रोमाञ्चक जित दर्ता गरेको थियो ।