काठमाडौंका करिब साढे ४ सय संक्रमित फरार: महानगर तनावमा - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

काठमाडौंका करिब साढे ४ सय संक्रमित फरार: महानगर तनावमा



काठमाडौं- काठमाडौंमा कोरोना संक्रमण देखिएपछि सम्पर्क बाहिर जानेको संख्या ह्वात्तै बढेको छ । काठमाडौं महानगरका ४ सय ४४ जना कोरोना संक्रमित सम्पर्कमै आएका छैनन् ।

महानगरपालिकाको सहरी स्वास्थ्य महाशाखाले शुक्रबार सार्वजनिक गरेको तथ्यांकमा ४ सय ४४ संक्रमित ‘नखुलेको’ उल्लेख छ।महानगरका अनुसार शुक्रबारसम्म ४ सय ४४ संक्रमित सम्पर्कमा छैनन्।

स्वास्थ्य सेवा विभाग र जिल्ला जनस्वाथ्य कार्यालयले स्वाब दिएर संक्रमण पुष्टि भएपछि मोबाइल स्विच अफ गर्ने व्यक्ति पत्ता लगाउने जिम्मा काठमाडौं महानगरपालिकालाई दिने गरेको छ। तर महानगरपालिकाले पनि फेला पार्न नसकेपछि उनीहरुकाे खोजी गर्ने जिम्मा प्रहरीलाई दिने गरिएकाे छ।

पीसीआर परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएका उनीहरू सम्पर्कमै नआएपछि उनीहरू कहाँ छन् र कसरी बसेका छन्, कतिलाई भाइरस सारे भन्ने महानगरपालिकालाई तनाव भएको छ।

अहिलेसम्म फेला नपरेपछि महानगरपालिकाले बेपत्ताको संख्या सूची सार्वजनिक गरेको हो। प्रहरीले भने उनीहरूको खोजी भइरहेको जनाएको छ।