नेकपाको सचिवालय बैठक सारियो - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

नेकपाको सचिवालय बैठक सारियो



काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतबारका लागि सारिएको छ।

शुक्रबारका लागि बोलाइएको सचिवालय बैठक आइतबार बिहान ११ बजे बस्ने गरी सारिएको पार्टीले जनाएको छ।

पार्टीको सचिवालय बैठक पहिलो पटक तत्कालीन माओवादीको पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने तयारी छ।

यसअघि सचिवालय र स्थायी कमिटिको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएको थियो।