प्याज महंगोमा बेच्नेलाई १५ लाख जरिवाना - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

प्याज महंगोमा बेच्नेलाई १५ लाख जरिवाना



काठमाडौं- कृत्रिम अभाव गराएर प्याजमा कालोबजारी गर्ने ८ व्यापारीलाई सरकारले १५ लाख रुपैयाँ जरिवानासहित कारबाही गरेको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंका विभिन्न स्थानमा रहेका ८ जना व्यवसायीलाई उपभोक्ता संरक्षण ऐन अनुसार कारबाही गरेको खबर आजको कारोबार दैनिकमा लक्ष्मी सापकोटाले लेखेकी छन्।

कसुर अनुसार प्रतिव्यक्ति ५५ हजारदेखि ३ लाख रुपैयाँसम्म जरिवाना गरिएको विभागले जनाएको छ।

बजार अनुगमनको क्रममा कृत्रिम अभाव गराएर तेब्बरसम्म मूल्य लिएको फेला परेपछि ८ व्यवसायीलाई कारबाही गरिएको विभागका प्रवक्ता रविन्द्र आचार्यले जानकारी दिए।