भारतको संसदमै नेपालीमा भाषण ठोके बिजेपी सांसद विष्टले - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

भारतको संसदमै नेपालीमा भाषण ठोके बिजेपी सांसद विष्टले



नयाँ दिल्ली- भारतको संसदमा भारतीय जनता पार्टी (बिजेपी) सांसद राजु विष्टले संसदमै नेपालीमा भाषण गरेका छन । विष्टले आफूले आफ्नो मातृ भाषामा बोल्ने बताएका थिए ।

कोरोना माहामारीमा पनि भारतमा अहिले लोकसभा र राज्यसभाको बैठक बसिरहेको छ। मंगलवार भएको लोकसभा बैठकमा पश्चिम बंगालका भारतीय जनता पार्टी (बिजेपी) सांसद विष्टले तेन्जिङ नोर्गे शेर्पालाई सम्मान गर्नुपर्ने बताएका थिए ।

विष्टले शेर्पालाई ‘भारत रत्न’ बाट सम्मानित गर्न सरकार समक्ष माग राखेका छन्। विष्टले भारतवर्षले कुनै व्यक्तिलाई प्रदान गर्ने सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’ पाउन तेन्जिङ सर्वाधिक योग्य भएको बताएका थिए।

नेपाली भाषामा बोल्दै विष्टले असाधारण परिस्थितिहरूका बाबजुद तेन्जिङ नोर्गे शेर्पा सगरमाथाको शिखरमा पुगेर समग्र विश्वसामु ‘आइकन’ बनेको भन्दै उनलाई भारतको सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’ प्रदान गर्न आग्रह गरेका हुन्।

तर हालसम्म तेन्जिङलाई उक्त सम्मान नदिइएको भन्दै उनले ‘भारत रत्न’ प्रदान गर्न माग राखेका हुन्।

भारतको संसदमा नेपालीमा बोलेको भने यो पहिलो पटक होइन, यसअघि पनि विभिन्न नेपालीभाषी सांसदहरूले बोलेका थिए ।