७२ सालकै भूकम्पको पराकम्प - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

७२ सालकै भूकम्पको पराकम्प



काठमाडौँ- सिन्धुपाल्चोक केन्द्रबिन्दु भई बुधबार बिहानै भूकम्पको धक्का गएको छ । एकाबिहानै पाँच बजेर १९ मिनेटमा सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भई ६ म्याग्निच्यूडको भूकम्प गएको हो।

भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बुधबार बिहान गएको भूकम्प २०७२ सालकै भूकम्पको परकम्प भएको जानकारी दिए।

आजको भूकम्प पनि २०७२ सालकै भूकम्पको परकम्प भएको भूकम्पविद्ले जानकारी दिएका छन् । २०७२ साल वैशाख १२ गते गएको ७.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्पपछि पाँच वर्षदेखि नै परकम्पहरु आइरहेका छन्।

बुधबार बिहान ५ बजेर १९ मिनेटमा भूकम्पको धक्का महसुस भएपछि काठमाडौँ, सिन्धुपाल्चोक र काभ्रेका स्थानीयहरुले त्रसित बनेका थिए ।

सर्वसाधारणहरु भूकम्पको धक्कापछि आत्तिँदै घरबाहिर निस्केका थिए। अहिले पनि यसबारे सामाजिक संजालमा चर्चा भैरहेको छ ।

भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन। केहि स्थानीयले घरहरू चर्किएको जनाएका छन् ।