एकाबिहानै काठमाडौंमा भूकम्प: मानिसहरू घर बाहिर दौडिए
काठमाडौं- काठमाडौंमा ठुलो भूकम्पको धक्का गएको छ ।
बुधबार एकाबिहानै ५ बजेर १९ मिनेट जाँदा भूकम्पको ठुलो झड्का महसुस भएको थियो ।
भूकम्पको धक्का संगै स्थानीयहरू त्रसित हुँदै घर बाहिर निस्किएका थिए ।
केहि स्थानीय हरूले ठुलो भूकम्पको धक्का महसुस भएको चर्चा गरिरहेका छन् ।
सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुखले बताए ।
सामाजिक संजालमा समेत पुरानो झल्को दिनेगरी भूकम्प गएको मानिस हरूले चर्चा गरेका छन्।