सरकारको प्रवक्तामा प्रदीप ज्ञवाली नियुक्त
काठमाडौं । सरकारका प्रवक्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नियुक्त भएका छन् ।
आज बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई सरकारको प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्री ज्ञवालीलाई सरकारको प्रवक्तामा नियुक्त गरेको सहभागी एक मन्त्रीले बताए ।
यसअघि तत्कालीन अर्थ, सूचना तथा प्रविधिमन्त्री युवराज खतिवडा प्रवक्ताको जिम्मेवारीमा रहेका थिए ।
उनले मन्त्री पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।