मन्त्रिपरिषदमै पुगेन कुलमानको नियुक्ति प्रस्ताव
काठमाडौं- मन्त्रिपरिषद् बैठक बस्ने भनेपछि नै विद्युत प्राधिकरणमा कुलमान घिसिङ पुनः नियुक्ति हुने धेरैले अड्कल काटेका थिए ।
तर प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिको प्रस्ताव सोमबार बसेको मन्त्रिपरिषद् बैठकमै पेस भएन ।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार उक्त प्रस्ताव मन्त्रिपरिषद् बैठकमै लागिएको छैन । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको म्याद सकिइसकेको छ । उनलाई नै पुनः नियुक्ति गर्ने भएकाले उनलाई औपचारिक विदाई समेत गरिएको छैन ।
उनैलाई दोहोर्याउने तयारी गरिएको भए पनि सरकारले निर्णय भने गर्न सकेको छैन । त्यसैगरी मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्ता पनि तय गर्ने बताइएको थियो । प्रवक्ताको जिम्मेवारी पनि सोमबारको बैठकले कसैलाई नदिएको एक मन्त्रीले जानकारी दिए ।