वामदेव गौतम बने राष्ट्रिय सभा सदस्य
काठमाडौं- आज बसेको मन्त्रिपरिषद्को बैठकले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गरेको छ ।
सरकारले राष्ट्रिय सभा सदस्यका लागि नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।