सडक मर्मतको माग गर्दै प्रशासन र उपमहानगरपालिकामा ज्ञापनपत्र
धनगढी- र्माण व्यबसायीले सडकमै निर्माण सामाग्री अलपत्र छोड्दा आवतजाव समस्य भएको भन्दै मर्मतको माग गर्दै उपदेश युवा क्लवले जिल्ला प्रशासन कार्यालय र धनगढी उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।
क्लवले कैलालीको धनगढी उपमहानगरपालिका ६ जालीको पिपल चौक देखी वडा नम्बर ५को जाई चौक सम्मको सडकमा जथाभावी निर्माण व्यबसायीले निर्माण सामाग्री गिट्टी, ढुंगा बिच सडकमै अलपत्र छोडिदा नागरिकलाई ओहोर दोहोर गर्न निकै समस्या भएको भन्दै क्लवले ज्ञापन पत्र बुझाएको हो ।
जिल्ला प्रशासन कार्यालयमा क्लवको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर वोहराले निर्माण व्यबसायीलाई सो सडकलाई मर्मतका लागि निर्देशन दिने बताए ।
उता धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले निर्माण व्यबसायीलाई चाडै काम गर्न दवाव दिने प्रतिबद्धता व्यक्त गरे ।
‘लगातार जेठ देखि निर्माण भैरहेका मुख्य सडकलाई अहिले काम ढलको नाली निर्माण सम्पन्न भएको छ’ ज्ञापनपत्र बुझाउदै उपदेश युवा क्लवका अध्यक्ष श्रवण देउवाले भने–‘निर्माण संगै सडक मर्मत गरेर नागरिकलाई सहज आवतजावत गर्ने बतावरण बनाउनु पर्छ ।’ निर्माण कार्यलाई हामी क्लव तथा स्थानियहरुले सहयोग र सहज बताबरण गर्दा गर्दै पनि निर्माण व्यबसायी लापरवाहीका कारण सम्बन्धीत निकायलाई ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाएको क्लवका सचिव अर्जुनसिह महतोले बताए ।
उक्त सडकको समस्याको सम्बोधन तत्काल समस्या सामाधान नभए थप संघर्षका कार्यक्रम समेत अघाडी बढाउने समेत क्लवले जनाएको छ ।